एनआईसी एशिया बैंकका ग्राहकका लागि किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट
Wednesday Oct 08, 2025
वि.सं.२०८२ असोज २२ बुधवार २३:०९
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूले वीरगंजस्थित किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच आँखा उपचारमा विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो । यस समझदारीअनुसार बैंकका ग्राहकले वीरगंजमा रहेको किरण आँखा अस्पतालमा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले इएम, मर्चेन्ट नेटवर्क, क्यूआर पेमेंट, डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
यस सहकार्यले ग्राहकहरूलाई आँखा उपचारमा राहत मिल्नुका साथै देशभर डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार विस्तारमा टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

























