Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ : मन्त्री खरेल

 

 

गन काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले तीन वटा मुख्य उद्देश्यहरु बोकेर अगाडि बढेको बताएका छन् ।

बुधबार काठमाडांै भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय अवलोकन गर्दै उनले फागुन २१ भित्र चुनाव गराउने, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा भएका जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने मुख्य उद्देश्य बोकेर अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘यो सरकार जेन–जी आन्दोलनको जगमा बनेको सरकार हो । र यो सरकारलाई जनसमर्थन प्राप्त छ । यो सरकारलाई देशभरका राजनीतिक दलहरुको समेत सहमति र समर्थनमा बनेको सरकार हो । त्यसकारण यो सरकारका तीन वटा महत्वपूर्ण योजनाहरु रहेका छन् । पहिलो कुरा भनेको फागुन २१ भित्र चुनाव गर्ने हो, दोस्रो भनेको सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र तेस्रो भनेको अहिले भएको जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने हो ।’

यस्तै, उनले यो सरकारमा कुनै एउटा निश्चित पार्टीको र निश्चित वर्गको मात्र मान्छे नभएको हुनाले सबैको विश्वास प्राप्त गर्न सक्षम भएको बताए ।

उनले भने, ‘यो सरकार सबैको विश्वास प्राप्त सरकार हो । यहाँ कुनै एउटा निश्चित पार्टीको र निश्चित वर्गको मात्र मान्छे छैन् । त्यसकारण यो सरकारलाई सुरुदेखि नै सबै पार्टी र जनताको समर्थन र आन्दोलनको जगमा आएको र राजनीतिक पृष्ठभूमि नभएको मान्छेहरु आएको हुनाले यो सबैको सरकार हो ।’

नेपालको सरकार अस्थिर भएपनि राससभित्र एकता र स्थिरता हुनुपर्ने उनको भनाई छ ।

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...