Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

भदौं २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३, २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताएका छन् ।

बिहिबार बसेको पदाधिकारी बैठकको क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो यसका बारेमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरुको समान दृष्टिकोण आएको बताए ।

उनले भने, ‘भदौ २३, २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो, नेताहरुमाथि आक्रमण भयो, राष्ट्रिय संरचनामाथि पनि आक्रमण भयो, यसका बारेमा तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुरामा हामी सबैको समान दृष्टिकोण आएको छ ।’

यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए ।

उनले भने, ‘हाम्रो सामु जुन राष्ट्रिय चुनौती खडा भएको छ । यसले पार्टीको सामु पनि चुनौती खडा भएको छ । यो अवस्थाबाट कसरी अगाडि बढ्ने र आत्मविश्वासको अवस्था सकारात्मक कसरी बनाउने, लोकतान्त्रिक मूल्य र मान्यताप्रति हामी प्रतिबद्ध छौ त्यसलाई कसरी जोगाउने र समग्र देशलाई पनि कसरी कमजोर हुनबाट रोक्ने भन्ने खालको विषयमा सबैले आफ्नो कुरा राख्नु भयो ।’

२४ गतेको घटनालाई गृहमन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति पार्टीको गम्भिर आपत्ति रहेको पनि उनको भनाई छ ।

 

कामना सेवा विकास बैंकको अध्यक्षमा पुन : सुदिप आचार्य

कामना सेवा विकास बैंकको अध्यक्षमा पुन :...

वि.सं.२०८२ असोज २४ शुक्रवार २१:३७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५...

वि.सं.२०८२ असोज २४ शुक्रवार २१:२५

  काठमाडौं । नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी–२०...

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३३

  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल...

वि.सं.२०८२ असोज २३ बिहीवार १९:२५

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या...

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण विभागबाटै, कानुनी प्रक्रिया बाँकी

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण विभागबाटै, कानुनी...

वि.सं.२०८२ असोज २३ बिहीवार १८:५७

काठमाडौं । अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार...