Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

 

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए ।

नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।’

अहिले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रलाई पुनर्रुत्थानमा लाग्नुपर्नेसमेत सीईओ जोशीले जानकारी गराए । जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको र पछिल्लो समय यो संख्यामा वृद्धि भइरहेकोसमेत नउले बताए ।

उनले भने, ‘सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सय सम्म पुगेको छ । हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले काम गरिरहेको छ ।’

सीईओ जोशीले हाम्रो मुलुकमा विगतदेखि हेर्दा हरेक १० वर्षमा कुनै न कुनै संकटबाट गुज्रिनुपरेको अवस्था उल्लेख गर्दै संकटको समयमा पनि काम गर्ने एक स्थायी संरचना आवश्यक रहेको उल्लेख गरे ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...