CG Electronics
IME Life
Ncell NPL

बीवाईडीले लन्च गर्‍यो अल-न्यु बीवाईडी एट्टो १ (बीवाईडी सिगल), विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बीवाईडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको छ । वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ ।

‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भन्नुभयो, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।’

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

नाइमामा विशेष अफर


नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।

बीवाईडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्छ । विश्वभर मान्यता प्राप्त यस सवारीसाधनलाई शहरवासीहरूको आवश्यकता अनुसार निर्माण गरिएको छ, र यो नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने तयारीमा छ ।

बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ ।

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...