CG Electronics
IME Life
NIMB

महिन्द्राको नयाँ एक्सयूभी ३एक्सओ दमदार फिचरसहित लन्च, नेक्सन र भेन्युसँग टक्कर

NIMB
Himalayan Bank

काठमाडौं । महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो एसयूभीमा पूर्ण रूपमा नयाँ इन्टेरियर सिस्टम दिइएको छ । कम्पनीले सो कारमा एक्सयूभी३०० को डिजाइन भन्दा फरक डिजाइन गरेको छ । यसमा एलईडी डेटाइम रनिङ लाइटद्वारा रेखांकित गरिएको एलईडी प्रोजेक्टर हेडलाइट्स समावेश गरिएको छ तथा सी आकारको टेल लाइट्स दिइएको छ ।

गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसको छेउमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । यसको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पु¥याइएको छ । कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध गराएको छ, जसलाई एड्रेनोक्सबाट एक्सेस गर्न सकिन्छ । सेफ्टीको लागि गाडीमा ईएसपी, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स र एडास जस्ता फिचर समावेश गरिएको छ ।

 

नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिनले सुसज्जित गरिएको छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ । साथै दोस्रो इन्जिनको विकल्पको रुपमा डी१५ भीजीटी जडान गरिएको छ, जसले ११७ पीएस पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि कारमा ६ स्पिड एलसीन अटोमेटिक र ६ स्पिड अटोसिफ्ट प्लस विकल्पको रुपमा प्रदान गरिएको छ । सो कार १.५ लिटर टर्बो डिजेल विकल्पमा पनि उपलब्ध छ ।

भारतमा यसको मूल्य ७ लाख ४९ हजार भारुबाट शुरु हुन्छ । भविष्यमा नेपालमा समेत यो कार उपलब्ध हुने अनुमान गर्न सकिन्छ । आगामी दिनमा यसको प्रतिस्पर्धा टाटा नेक्सन र हुन्डाई भेन्यु जस्ता कारसँग हुनेछ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...