कामना सेवा विकास बैंकको अध्यक्षमा पुन : सुदिप आचार्य
Friday Oct 10, 2025
वि.सं.२०८२ असोज २४ शुक्रवार २१:३७
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य पुनः नियुक्त हुनुभएको छ । बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारणसभा पश्चात बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको हो ।
आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा कार्यरत रहनुभएको थियो । त्यस्तै, शुक्रबार सम्पन्न साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी तथा डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

























