Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ग्लोबल आइएमई सेक्युरिटिजको प्रगति उल्लेखनीय

काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ ।

साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशनहरू र लगानीकर्ताहरूको अपेक्षा बीच कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइन् ।

“पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै गत आर्थिक वर्ष २०८१/८२ मा हामीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौं,” उनले भनिन् ।

साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।

साधारणसभाका प्रमुख आतिथि ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कम्पनीका अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यसपछि साधारणसभामा प्रस्तावित एजेन्डा माथि छलफल, शेयरधनीका तर्फबाट उठेका जिज्ञासामाथि जवाफ र अन्ततः साधारणसभाका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ ।

साधारणसभामा बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार तथा विभिन्न क्षेत्रका अन्य गण्यमान्य व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...