CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई सेक्युरिटिजको प्रगति उल्लेखनीय

NIMB
Himalayan Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ ।

साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशनहरू र लगानीकर्ताहरूको अपेक्षा बीच कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइन् ।

“पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै गत आर्थिक वर्ष २०८१/८२ मा हामीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौं,” उनले भनिन् ।

साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।

साधारणसभाका प्रमुख आतिथि ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कम्पनीका अध्यक्ष पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यसपछि साधारणसभामा प्रस्तावित एजेन्डा माथि छलफल, शेयरधनीका तर्फबाट उठेका जिज्ञासामाथि जवाफ र अन्ततः साधारणसभाका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ ।

साधारणसभामा बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार तथा विभिन्न क्षेत्रका अन्य गण्यमान्य व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...