CG Electronics
IME Life
NIMB

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तका कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न र सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विशेष छुट सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख श्री लेख बहादुर पुनले हस्ताक्षर गर्नुभयो।

यस सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्तका कर्मचारीहरूले प्रभु बैंकमार्फत उत्कृष्ट बैंकिङ सेवाहरू—जस्तै तलब खाता सञ्चालन, विशेष ब्याज दर, डिजिटल बैंकिङ, ऋण तथा कार्ड सेवामा विशेष सुविधा—प्राप्त गर्न सक्नेछन्।

प्रभु बैंकले यो सहकार्यले दुबै संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, देशभर ३१२ शाखा कार्यालय, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको प्रभु बैंकले “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ आधुनिक प्रविधि र नवप्रवर्तनयुक्त वित्तीय सेवा प्रवाह गर्दै आएको छ।

प्रभु बैंकले हालै प्राप्त गरेका अन्तर्राष्ट्रिय मान्यता र पुरस्कारहरू — ‘बैंक अफ द इयर २०२३’, ‘फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड अवार्ड २०२४’ र ‘युरोमनी बेस्ट डिजिटल बैंक फर एसएमई – २०२५’ —ले बैंकको उत्कृष्ट सेवा र विश्वसनीयताको प्रमाण प्रस्तुत गरेको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...