Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन : प्रधानमन्त्री

 

काठमाडौं । नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । वसन्तपुरस्थित ऐतिहासिक समारोहमा बोल्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने तयारी सरकारद्वारा तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । त्यसको तयारीमा हामी दत्तचित्त भएर लागेका छौँ ।’

उनले विद्रोहपछिको राजनीतिक अवस्थालाई सामान्यीकरण गर्दै सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि सम्पर्कमा रहेको बताइन् ।

‘निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन,’ प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्, ‘संविधानको अधीनमा रही हामीले जेनजी आन्दोलनले उठाएका सुशासनसम्बन्धी आवाजलाई सम्बोधन गर्नुपर्छ भन्ने दायित्व बुझेका छौँ । त्यसअनुरूप राज्य संयन्त्रहरुबाट ठोस परिणाम दिने गरी काम अघि बढिरहेको छ ।’

समाजको सबै पक्षको सक्रिय सहभागिताबिना लोकतन्त्र सफल नहुने धारणा व्यक्त गर्दै उनले समाजमा सद्भाव, एकता र सचेत नागरिकताको विकासमार्फत लोकतन्त्रको रक्षा तथा भ्रष्टाचार नियन्त्रण गर्न सबैलाई आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल, वर्ग र समुदायको साथ र सहयोगप्रति विश्वास व्यक्त गर्दै यो कार्यमा सबैको साझा भूमिका हुनेमा आशावादी रहेको बताइन् ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ : गृहमन्त्री अर्याल

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले...

वि.सं.२०८२ कात्तिक २३ आइतवार ०८:५१

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा...