CG Electronics
IME Life
NIMB

नेपाल संवत्ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देश र समाजप्रतिको सामाजिक उत्तरदायित्व र एकताको सन्देश दिएकी छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतिक भएको बताउँदै यसको संवर्धन र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

‘नेपाल संवत् नेपाली धर्तीमा जन्मिएको संवत् हो । यसले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र परोपकारको बाटो आज पनि हाम्रो मार्गदर्शक बन्न सक्छ ।’

प्रधानमन्त्री कार्कीले सम्वत्का प्रवर्तक शंखधर साख्वाःको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिन् । उनले करिब ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा ऋणमा परेका नागरिकहरूको ऋणमोचन गरीसामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको स्मरण गराइन् ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले पछिल्लो समय देशमा देखिएको राजनीतिक सचेतना र नागरिक आन्दोलनप्रति पनि प्रतिक्रिया जनाउँदै भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

प्रधानमन्त्रीले नागरिक सरकारको प्रमुख जिम्मेवारी संविधानको दायरामा रही सुशासनको सुनिश्चितता गरेको उल्लेख गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिवद्धता दोहोर्याइन् ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी र प्रस्तुतिहरू समेत देखाइएको थियो । समारोहमा विभिन्न सम्मानित व्यक्तित्व तथा संस्थाहरुलाई नेपाल सम्वत् संरक्षण र समृद्धिमा योगदान पु¥याएकोमा सम्मान समेत प्रदान गरिएको थियो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...