IME Life
NIMB

सप्तकोशी डेभलपमेन्ट बैंकलाई सुधारात्मक कारबाही, लुम्बिनी बैंकका सञ्चालक सचेत

NIMB
Himalayan Bank

काठमाडौं। नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) ले सप्तकोशी डेभलपमेन्ट बैंकलाई पूँजी कोष न्यूनताका कारण शीघ्र सुधारात्मक कारबाही गरेको छ। बैंकको पूँजी कोष तोकिएको सीमाभन्दा २४.९ प्रतिशतले कम रहेको पाइएकोले कारबाही गरिएको हो।

केन्द्रीय बैंकले न्यूनतम पूँजी कोष अनुपात कायम नगर्ने बैंक र वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गर्ने प्रावधान राखेको छ। पूँजी कोष न्यून हुँदा सम्बन्धित बैंकको उच्च व्यवस्थापनसँग सुधार कार्यक्रम सम्बन्धमा छलफल गरी अभिलेख राख्ने, नगद लाभांश तथा बोनस सेयर घोषणा, नयाँ शाखा खोल्ने, सञ्चालक तथा प्रमुख कार्यकारीको तलब र सुविधा वृद्धिमा रोकलगाउने जस्ता कदम उठाइन्छ।

सप्तकोशी बैंकको स्थलगत निरीक्षण अनुसार असार २०८१ मसान्तमा न्यूनतम पूँजी कोष अनुपात १० प्रतिशत हुनुपर्नेमा केवल ४२.७ प्रतिशत पुगेको थिएन। पछिल्लो वित्तीय विवरण (असार २०८२) अनुसार पूँजी कोष अनुपात ७.५१ प्रतिशत मात्रै रहेको छ।

केन्द्रीय बैंकले बैंक सञ्चालक समितिलाई लिखित निर्देशन गर्दै प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेललाई पनि सुधारका लागि सचेत गराएको छ। निरीक्षणमा बैंकले कर्जा सम्बन्धी आवश्यक कागजात नलिनु, कोर बैंकिङ प्रणालीमा समयावधि थप गर्नु, कर्जा नोक्सानी विवरण यथार्थ नदेखाउनु तथा रिपोर्टिङ विश्वसनीय नराख्नु लगायतका कमजोरी पाइएका थिए।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी डेभलपमेन्ट बैंकका सञ्चालक समितिलाई पनि सचेत गराइएको छ। स्थलगत निरीक्षणमा सीईओको दोस्रो कार्यकालमा सेवा सुविधा वृद्धि गरेपछि केन्द्रीय बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत बनाएको थियो।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालमा उपचार शुल्कमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल...

वि.सं.२०८३ साउन २० बुधवार २३:०५

  काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...