Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ग्राहकहरूले अब “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना कार्तिक २७ सम्म लाभ उठाउन सक्ने

काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्।

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कार्तिक २८ (नोभेम्बर 14) मा गरिने भएको छ। यसअघि कार्तिक २१ (नोभेम्बर 7) गते लक्की ड्र रिभिल गर्ने जानकारी भए पनि, ग्राहकहरूलाई अझ बढी सहभागी हुन अवसर उपलब्ध गराउने उद्देश्यले रिभिल मिति सारिएको कम्पनीले जनाएको छ। लक्की ड्रबाट विजेताहरूको नाम घोषणा सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा गरिनेछ। प्रत्येक सहभागी ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।

  • बम्पर उपहार: बजाज पल्सर 150cc मोटरसाइकल
  • दोस्रो प्रमुख उपहार: TVS NTORQ 125 स्कुटर
  • अन्य आकर्षक उपहारहरू: स्मार्ट टिभी तथा स्मार्टफोन

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई कार्तिक २७ (नोभेम्बर 13) भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरीय, पूर्ण रूपमा टाटाद्वारा प्रमाणित तथा सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायत महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्दै गाडीको प्रदर्शनलाई अझ सुदृढ बनाउने विशेष गुणले सम्पन्न छन्। यसैले टाटा जेन्युइन पार्ट्स नेपालभर व्यावसायिक तथा निजी दुवै प्रकारका सवारी प्रयोगकर्ताहरूको पहिलो विश्वासको प्रतीक बनेको कम्पनीको भनाइ छ।

नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. ले सदैव सक्कली पार्ट्स तथा गुणस्तरीय बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वासलाई निरन्तरता दिएको छ।

 

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...