CG Electronics
IME Life
NIMB

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

NIMB
Himalayan Bank

हेटौँडा । कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।

स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौ। यो हाम्रो जीवनको अभिन्न अंग थियो । तर राजनीतिक अस्थिरता र गणतन्त्र आएपछि मात्रै यो उद्योग बन्द भयो । नयाँ सामान र प्रविधिसहित ल्याउने हो भने हामी आफैं यो उद्योग चलाइदिन्छौं, कुनै निजीकरण गर्नुपर्ने जरुरत छैन ।’

उनले थपे, ‘यहाँ अहिले खटाइएको सशस्त्र फोर्सलाई हटाएर यो उद्योग यहीको स्थानीयको जिम्मामा दिनुपर्छ । हामी फेरि यसको धुवाँ देख्न चाहन्छौ।’
हेटौँडा कपडा उद्योग वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयले बन्द गरेको थियो । कर्मचारी भर्ती, प्रविधिको अभाव, बजार व्यवस्थापनमा कमजोरी र राजनीतिक हस्तक्षेपजस्ता कारणले उद्योग घाटामा गएको बताइन्छ ।
तर स्थानीयवासीहरूको दृष्टिमा यसको मूल कारण राजनीतिक अस्थिरता र सरकारी उदासीनता नै हो । उनीहरूका अनुसार यो उद्योग निजीकरण होइन, स्थानीय स्वामित्वमा सञ्चालन गर्न सके फेरि पनि हेटौँडाको पहिचान बन्न सक्छ ।

विगतको इतिहासले गर्व जगाएको यो उद्योग आज पनि स्थानीयको आशा र पहिचानसँग जोडिएको विषय बनेको छ । हेटौँडावासीको अपेक्षा छ, ‘कपडा उद्योगको चिम्नी फेरि बलोस्, अनि हेटौँडाको अर्थतन्त्रमा फेरि जीवन फर्कियोस।’

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...