CG Electronics
IME Life
NIMB

एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

NIMB
Himalayan Bank

काठमाडौं । एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत (२ लाख ६१ हजार ६२७ कित्ता) उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...