Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत (२ लाख ६१ हजार ६२७ कित्ता) उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो ।

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १२:३०

  काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा...

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर अधिकतम मूल्यमा दोस्रो...

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १३:२२

  काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि...

सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक

सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा...

वि.सं.२०८२ कात्तिक १५ शनिवार २३:३४

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन...

३४ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

३४ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि...

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १६:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२...

एशियन कंक्रिटो आईपीओ तयारी : कम्पनीको साधारण सभा कात्तिक १९ गते

एशियन कंक्रिटो आईपीओ तयारी : कम्पनीको साधारण...

वि.सं.२०८२ असोज २९ बुधवार १६:०१

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर)...

नेप्से ४४ अंकले उकालो, कारोबार रकम घट्यो

नेप्से ४४ अंकले उकालो, कारोबार रकम घट्यो

वि.सं.२०८२ असोज २७ सोमवार १८:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक ४४.२५ अंकले...