Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन् । शुक्रबार केन्द्रमा पुगेर उनले चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने चाहाना रहेको बताएका छन् ।

उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र देशलाई कमाई गरेर दिन सक्ने ठाँउ हो, यहाँबाट कमाई हुन्छ । यो ६ महिनाभित्र हाम्रो चाहाना ३० लाख नै लाइसेन्स छापौँ भन्ने छ ।’ यस्तै, उनले आजको दिनसम्म २८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य भएको भन्दै त्यसको अन्त्यको सुरुवात आजबाट भएको बताए ।

उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रबाट अब लाइसेन्स भएपनि छापेर अगाडि बढ्नुपर्यो । किनभने आजको दिनमा २८ देखि ३० लाख लाइसेन्स जनतालाई दिनु पर्ने छ र त्यो मध्ये अहिले पनि २८, ३० लाख लाइसेन्स नपाएका मान्छेहरु कागजको चिरकटो बोकेर हिन्नुपर्ने अवस्था छ । सुशासन भनेको आज ट्रायल दिएर भोली लाइसेन्स पाउन सकियो भने हो नि त्यो क्षमता हामीसँग छ कि छैन भन्दा अहिले हामी त्यो काम गर्न सक्ने क्षमता राख्छौँ । त्यसकारण आज त्यसको सुरुवात भएको छ ।’

केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राखेको भन्दै खरिद प्रक्रियालाई चुस्त र पारदर्शि भए ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्ने उनको भनाई छ । उनले भने, ‘केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राख्नु भएको छ र खरिद प्रक्रियालाई चुस्त र पारदर्शि बनाएर जाने हो भने ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्छौँ । यति धेरै वर्षको अवधिमा ३० लाख लाइसेन्स नछापि रहेको अवस्थामा हामीसँग मेसिन छ, क्षमता छ केही बजेट व्यवस्था गरेर छाप्न सकिन्छ भने किन नगर्ने भनेर हामी लागेका छौँ ।’

केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...