Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध वितरण आयोजनाको अवलोकन, दुग्ध किसानलाई शीघ्र भुक्तानीका निर्देशन

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले शुक्रबार हेटौडास्थित दुग्ध विकास संस्थान अन्तर्गतको दुग्ध वितरण आयोजनाको अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा मन्त्री परियारलाई दुग्ध विकास संस्थानका महाप्रबन्धक संजिव झा र हेटौडा दुग्ध वितरण आयोजनाका प्रमुख अन्जन अधिकारीले आयोजनाको कार्यप्रणाली, उत्पादन, बजार व्यवस्था तथा हालको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए।

जानकारी अनुसार आयोजनाले मकवानपुर, बारा, रौतहट तथा सर्लाही जिल्लाबाट दूध संकलन गर्दै हेटौडा, नारायणगढ, वीरगंज, काठमाडौं उपत्यका, गोरखा र तनहुँमा दुग्ध तथा दुग्धजन्य वस्तुहरू आपूर्ति गर्दै आएको छ। आयोजनाले प्रशोधित दूध (स्ट्याण्डर्ड र होल), दही, फ्रेश मिल्क, मिठाई र आइसक्रिम लगायतका मुख्य उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ। फ्लस सिजनमा दैनिक १५–२० हजार लिटर र लिन सिजनमा ६–१० हजार लिटर दूध संकलन हुने गरेको छ। दैनिक खपत करिब ३५००–४५०० लिटर रहेकोमा प्रशोधित दूध २५०० लिटर, दही १००० लिटर, घ्यू ६०० लिटर र पनीर तथा अन्य दुग्धजन्य पदार्थ ५०० देखि १००० लिटरको हाराहारीमा रहेको छ।

संस्थानको दैनिक दूध होल्डिङ क्षमता २५ हजार लिटर रहेको छ। वार्षिक करिब रु. ३२ करोड बराबरको कच्चा दूध खरिद गरी सो रकम सिधै किसानहरूलाई भुक्तानी गर्ने माध्यमबाट ग्रामीण अर्थतन्त्र सुदृढ गर्न संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आयोजनाले काठमाडौं दुग्ध वितरण आयोजनाको फिडर डेरीको रूपमा पनि कार्य गर्दै आएको छ। साथै, करिब दुई वर्षअघि बागमती प्रदेश सरकारद्वारा निर्माण गरिएको धुलो दूध कारखाना सञ्चालनमा ल्याइएपछि खपतभन्दा बढी दूधलाई धुलो दूध र मखनमा रूपान्तरण गरी बजार स्थिरता कायम राखिएको छ। हालसम्म सो कारखानाबाट ४०० मेट्रिक टन धुलो दूध र २०० मेट्रिक टन मखन उत्पादन गरी करिब ४४ लाख लिटर कच्चा दूधको व्यवस्थापन गरिएको छ।

छलफलका क्रममा मन्त्री डा. परियारले दुग्ध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिँदै संस्थानका कर्मचारीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठी संस्थालाई सशक्त बनाउन आग्रह गर्नुभयो। उहाँले बजार व्यवस्थापन सुदृढ गर्न, उत्पादनमा विविधिकरण ल्याउन तथा वजारीकरणलाई व्यवस्थित बनाउने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, मन्त्री परियारले आयोजनालाई नाफामा संचालन गर्ने रणनीति बनाउन, बढी संकलन भएको दूधको व्यवस्थापनका लागि दीर्घकालीन कार्ययोजना तयार गर्न र दूधको मूल्य निर्धारणमा स्पष्ट नीति अवलम्बन गर्न सुझाव दिनुभयो। उहाँले नेपाली दुग्ध किसान र उपभोक्ताबीच मूल्य स्थिरता कायम राख्न संस्थानले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो।

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियालाई अवार्ड हस्तान्तरण

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १८:३४

काठमाडौं। चीनको बेइजिङमा सम्पन्न फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ मा...

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...