IME Life
NIMB

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियालाई अवार्ड हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौं। चीनको बेइजिङमा सम्पन्न फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ मा एमएडब्लु वृद्धिले ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड प्राप्त गरेको छ।  फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने यो अवार्डले नेपालमा नयाँ ऊर्जाको प्रवर्द्धन र इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एमएडब्लु वृद्धिको योगदानको उच्च प्रशंसा गरेको हो। विश्वका १४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी उक्त सम्मेलनमा नेपालका लागि यो सम्मान गर्वको विषय बनेको कम्पनीले जनाएको छ।

फोटोनका अनुसार, नेपाल अहिले विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दै गएको इलेक्ट्रिक भेहिकल (ईभी) बजारहरूमध्ये एक बनेको छ। हाल नेपालको कमर्शियल ईभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगेको छ, जसले देशको दिगो यातायाततर्फको प्रगतिलाई झल्काउँछ।

उक्त अवार्ड फोटोन मोटरका उपाध्यक्ष किन झिडोङले हस्तान्तरण गरे भने, एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियाले ग्रहण गरे। अवार्ड ग्रहणपछि सिकरियाले भने, “यो उपलब्धि हाम्रो सम्पूर्ण टिम, साझेदार र सहयोगीहरूको साझा प्रयासको परिणाम हो। हामी नेपाललाई इलेक्ट्रिक मोबिलिटीतर्फ अघि बढाउँदै दक्षिण एसियाको ईभी विस्तारमा महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न प्रतिबद्ध छौं।”

नोभेम्बर ६ देखि १० तारिखसम्म चलेको सम्मेलनको मुख्य विषयवस्तु ‘A Shared Vision: To Be a World-Class Commercial Vehicle Enterprise’ रहेको थियो। कार्यक्रममा १४० भन्दा बढी देशका करिब २ हजार साझेदारहरूको सहभागिता रहेको थियो।कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र भविष्यमा उद्योगलाई अगाडि बढाउने नवीनतम प्रविधि र रणनीतिक योजनाहरू पनि प्रस्तुत गरिएको थियो।

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...