CG Electronics
IME Life
Ncell NPL

कामना सेवा फुट्सल कप सिजन ५ सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “कामना सेवा फुट्सल कप सिजन ५” शनिबार सम्पन्न भएको छ।

पुरुषतर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ। सोही क्रममा महिलातर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ।

विजेता र उपविजेता टोलीलाई बैंकको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन बैंकका डी.सी.ई.ओ. विनय दाहालले एन्फा रेफ्री अञ्जना सुनुवारलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो भने समापन समारोहमा प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले पुरस्कार वितरण गर्नुभएको थियो।

प्रतियोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ९ टिमले सहभागिता जनाएका थिए। कार्यक्रममा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आगामी कात्तिक २७ गते (बिहिबार) देशभर रक्तदान कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...