Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् ।

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एंव नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको भन्दै बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताइन् ।

उनले भनिन्, ‘बिमाको औषधी गुणस्तरीय नहुने भन्ने कुरा गलत हो । त्यस्तो भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु र आफ्नो निजी औषधी व्यवसाय हुनेहरु कसैले त्यो भ्रामक समाचार फैलाएको हुन सक्छ त्यसतर्फ सबैजना सचेत हुन आग्रह गर्न चाहन्छु । बिमा कार्यक्रममा समस्याहरु छन्, त्यसलाई हामी क्रमश सुधार गर्दै जाने प्रयासमा छौ ।’

यस्तै, उनले सरकारले संविधानमार्फत दिएको निःशुल्क स्वास्थ्य सेवालाई कानून अनुसार आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर ल्याएको भन्दै यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाइन् ।

आधारभूत अस्पतालहरुको उपकरणको बारेमा मन्त्रालयमा फाइलहरु हेर्नुपर्ने अवस्थामा छन् भने त्यसलाई हेर्न तयार रहेको उनको भनाई छ ।
साथै, उनले आफू जेनजी आन्दोलनको मागमा मन्त्री भएको भन्दै जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार निर्मूल र सुशासनको कुरालाई बिर्सिन नहुने पनि बताइन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलनको मागपछि म मन्त्री भएको हुँ । हामी कसैले पनि बिर्सिन नहुने कुरा भनेको जेनजीहरुको भ्रष्टाचार निर्मूलको माग हो । उनीहरुले भ्रष्टाचार हटाउनको लागि नै भनेर आन्दोलन गरेका हुन् । हामी सबैले आफ्नो छातीमा हात राखेर कसम खाउ की म बाट कुनै पनि गलत काम हुँदैन् भनेर ।’

 

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...