Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सामसङ नेपालले ल्यायो ग्यालेक्सी Buds3 FE: नयाँ पुस्ताका लागि ग्यालेक्सी AI र आइकोनिक डिजाइनको एकीकरण

काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै ग्यालेक्सी Buds3 FE नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि र ग्यालेक्सी AI को एकीकरणसहित यो ट्रू–वायरलेस इयरबड्स उत्कृष्ट प्रदर्शन र पहुँचयोग्य मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। रु. १९,९९९ मा उपलब्ध ग्यालेक्सी Buds3 FE लाई स्मार्ट सुविधा, विश्वसनीय प्रदर्शन र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो।

यी इयरबड्समा रहेको एक्टिभ न्वाइज क्यान्सेलेसन (ANC) ले ब्याग्राउन्ड आवाजलाई न्यून पार्दै प्रयोगकर्तालाई गहिरो अडियो अनुभव प्रदान गर्छ। साथै, क्रिस्टल क्लियर कल टेक्नोलोजी र AI सहायताले फोन कलको क्रममा स्पष्ट र अवरोध–रहित आवाज सुनिश्चित गर्छ।

सामसङले ग्यालेक्सी Buds3 FE लाई ठूलो स्पिकर, उन्नत अडियो प्रोसेसिङ र मेसिन लर्निङ प्रविधिसहित इन्जिनियर गरेको छ, जसले शोरयुक्त वातावरणमा पनि प्रयोगकर्ताको आवाजलाई सटीक रूपमा छुट्याउन मद्दत गर्छ। ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुने Auto Switch फिचरले प्रयोगकर्तालाई ग्यालेक्सी फोन, ट्याबलेट र ल्यापटपबीच छिटो रूपान्तरण गर्न सुविधा प्रदान गर्छ। साथै, एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीले दैनिक जीवनमा अझ सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

सामसङ नेपालका MX डिभिजनका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी Buds3 FE मार्फत हामी ग्यालेक्सी AI र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्‍याउँदैछौं — आकर्षक डिजाइन र पहुँचयोग्य मूल्यमा। यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।”

ग्यालेक्सी Buds3 FE अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्। साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI योजनामार्फत पनि खरिद गर्न सक्नेछन्।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...