CG Electronics
IME Life
NIMB

काठमाडौं फोटोग्राफर संघको नेतृत्वमा आनन्द प्रभाकर घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशन २०८२ कार्तिक २२ गते शनिबार काठमाडौंमा सम्पन्न भएको हो।

अध्यक्षमा तीन र सचिवमा दुई जना उम्मेदवार परेकाले निर्वाचनमार्फत चयन गरिएको भए पनि अन्य पदहरूमा एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएका छन्। नवनिर्वाचित पदाधिकारीमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह–सचिव मिलन तमखु र कोषाध्यक्ष चन्द्र लाल राई रहेका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यमा केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ चयन भएका छन्।संघको विधानअनुसार नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

अध्यक्षमा चयन भएपछि आनन्द प्रभाकर घिमिरेले आफ्नो कार्यकालमा फोटोग्राफरहरूलाई गर्व गर्न लायक उपलब्धि दिलाउने प्रतिबद्धता जनाए। उनले फोटोग्राफरहरूलाई नयाँ प्रविधिमा दक्ष बनाउन तालिम सञ्चालन गर्ने, व्यावसायिक हक–अधिकारको संरक्षण गर्ने र फोटोग्राफीलाई सम्मानित पेसाका रूपमा स्थापित गर्न पहल गर्ने बताए।

उनले संघमार्फत सामूहिक बीमा कार्यक्रम सञ्चालन गर्ने, ‘केपीए वेडिङ फोटोग्राफर अवार्ड’लाई निरन्तरता दिने, नेपालमै फोटोग्राफी एक्स्पो आयोजना गर्ने र सिटिइभिटिबाट फोटोग्राफरहरूको सीप परीक्षण (स्किल टेस्ट) प्रक्रियालाई पूर्णता दिने योजना प्रस्तुत गरे।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...