Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटसम्बन्धी समझदारी

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीस्थित एकता बुक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

उक्त समझदारी अनुसार, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू ले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरी शाखाबाट पुस्तक खरिद गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस सहकार्यले ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न उत्प्रेरित गर्ने र नगद कारोबार घटाउने बैंकको विश्वास छ। सिटिजन्स बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ्गको प्रयोगमा अभ्यस्त बनाउन समय–समयमा ग्राहकमैत्री अफर र सुविधा सञ्चालन गर्दै आएको छ। छुट र अफरसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

हालै “बैंक अफ द इयर २०२४” को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋण खाता नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा जस्ता नवीनतम सेवाहरू पनि सुरु गरेको छ।

सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा–रहित बैंकिङ इकाइहरू मार्फत १९ लाख ४८ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...