Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

लोडसेडिङको समयमा प्रयोग गरिएको उक्त लाइनको प्रिमियम महसुल नतिरेको कारण नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ७ गते कम्पनीको विद्युत सेवा विच्छेद गरेको थियो । पहिलो किस्ता बुझाएपछि मंगलबार साँझ कम्पनीको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको महसुल तिरेको हो । कम्पनीको कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ। यो रकमलाई २८ किस्तामा विभाजन गरिएको छ, जसअन्तर्गत कम्पनीले मंगलबार ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको हो ।

नेपाल विद्युत प्राधिकरणले यसअघि उद्योगी व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद समाधानका लागि पहल थालेको थियो । यसै प्रक्रियाअन्तर्गत सोनापुर मिनरल पहिलो कम्पनी बनेको छ, जसले बक्यौता रकम किस्ताबन्दीमा तिर्न थालेको हो ।

विद्युत लाइन पुनः जडान भएपछि सोनापुर मिनरलले उत्पादन गतिविधि नियमितरूपमा सञ्चालन गर्न पाउने भएको छ।

प्राधिकरणका अधिकारीहरूले भनेका छन्, “महसुल तिर्ने प्रतिबद्धता देखाउने कम्पनीहरूसँग प्राधिकरण सहयोग गर्न तयार छ। सोनापुरले पहिलो किस्ता बुझाएर राम्रो उदाहरण पेश गरेको छ।”

यससँगै अन्य उद्योगहरूलाई पनि आफ्ना बक्यौता रकम समयमै बुझाउन प्राधिकरणले पुनः आह्वान गरेको छ।

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...