कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी
Wednesday Nov 12, 2025
वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५
काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय रेस्लिङ गेम का सम्पूर्ण तयारी पूरा भएको आयोजक टोलीले जनाएको छ। खेलको तयारीबारे जानकारी दिनका लागि काभ्रेली टिम र UWE Wrestling का प्रतिनिधिहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनमा आयोजकहरूले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता आयोजना हुन लागेको बताउँदै, यसले युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने बताएका छन्।
आयोजकका अनुसार उक्त रेस्लिङ गेममा देश–विदेशका खेलाडीहरूको सहभागिता रहनेछ। खेलमार्फत मनोरञ्जनका साथै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको पनि उल्लेख गरिएको छ। कार्यक्रममा आयोजक टिमका सदस्यहरू, खेल पत्रकार, तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजक टोलीले रेस्लिङ गेमलाई नेपालमा नयाँ खेल संस्कृतिको सुरुवातका रूपमा अघि बढाउने लक्ष्य रहेको जनाएको छ।
























