क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
Wednesday Nov 12, 2025
वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ। बुधबार काठमाडौंमा आयोजित एक विशेष समारोहका क्रममा सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडा र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्सको आधिकारिक स्पोन्सरका रूपमा रहनेछ। कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्यले नेपाली खेलकुद क्षेत्रमा नयाँ उर्जा थप्ने र युवालाई क्रिकेटतर्फ आकर्षित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
सीईओ अनिश गौतमले क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजले सदैव युवाको विकास र अवसर सृजनामा जोड दिने बताउँदै खेलकुद पनि त्यसैको अभिन्न हिस्सा भएको उल्लेख गरे। त्यस्तै जनकपुर बोल्ट्सका सीईओ निरज खतिवडाले सहकार्यबाट टोलीलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए।
























