CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफको नाफा र आम्दानी बढ्यो

NIMB
Himalayan Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति देखिएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवमा १२.५३ प्रतिशतले वृद्धि भई १४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ।

त्यसैगरी, तीन महिनामा खुद बीमाशुल्क आर्जन १ अर्ब ५० करोड ३७ लाखबाट १८.५२ प्रतिशतले बढेर १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी २ अर्ब ९ करोड ४८ लाख रुपैयाँबाट ७.४१ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

कुल खर्च पनि १ अर्ब ९६ करोड २५ लाखबाट ७.०७ प्रतिशतले बढेर २ अर्ब १० करोड १३ लाख रुपैयाँ पुगेको छ। बीमा दाबी भुक्तानी ४६ करोड ५१ लाखबाट घटेर ३९ करोड ९७ लाख रुपैयाँ भएको छ भने अभिकर्ता कमिशन १५ करोडबाट १७ करोड ११ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ९२ लाख र जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ सञ्चिति रहेको छ। प्रतिशेयर नेटवर्थ ११०.५७ रुपैयाँ र प्रतिशेयर आम्दानी ११.९३ रुपैयाँ कायम भएको छ।

सानिमा रिलायन्स लाइफको यी परिणामले कम्पनीको वित्तीय स्थिरता र लाभप्रदता दुवैमा सकारात्मक संकेत देखाएको विश्लेषकहरू बताउँछन्।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...