CG Electronics
IME Life
Ncell NPL

आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कार्यकक्षबाट सुरु हुन्छ : क्याम्पस प्रमुख वाग्ले

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना विकास भएको बताएका छन् ।

क्याम्पसको वार्षीक साधारण सभाका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको ‘रातो किताब’अनुसार आर्थिक पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोही अनुरुप आफूले क्याम्पस प्रमुखको चेम्बरमा चिया–खाजाको व्यवस्था केवल औपचारिक कार्यक्रम तथा अतिथिको उपस्थितिमा मात्र गर्ने र अन्य सामान्य भेटघाटमा साधारण पानी मात्र उपलब्ध गराउने निर्णय लागू गरिसकेको बताएका छन् ।

आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कक्षबाट सुरु हुनुपर्छ भन्ने विश्वाससहित उनले यस कदमलाई पहिलो एजेन्डाको रूपमा अघि बढाएका हुन् । साथै, शैक्षिक गुणस्तर सुधारका लागि प्राध्यापक मूल्याङ्कनको रोस्टर प्रणाली विकास गरिएको छ, जसअनुसार सिनियर प्राध्यापकको नेतृत्वमा गठन भएको विशेष समितिको निर्णयअनुसार स्नातकोत्तर तहका संयोजक नियुक्त गरिने प्रक्रिया कार्यान्वयनमा आइसकेको छ ।

विद्यार्थी संख्या घट्दै गएको परिस्थितिमा उनले नयाँ कार्यक्रम ल्याउने योजनालाई प्राथमिकता दिएका छन् । जसअन्तर्गत क्याम्पसले रात्री सत्रमा एमपीए कार्यक्रमका लागि प्रस्ताव प्राज्ञिक प्रक्रियामा अगाडि बढिसकेको छ ।

उनले अर्को वर्षबाट बिएलएलबी कार्यक्रम सुरु गर्ने लक्ष्यसहित लिखित प्रस्ताव समेत डीन कार्यालयमा पेश गरेको बताए ।‘बिहानी सत्रमा एमपीएलाई एमबीए कार्यक्रमसँग मर्ज वा रिप्लेस गर्दै आधुनिक संरचनामा रूपान्तरण गर्ने नीतिअन्तर्गत आवश्यक पहल भइसकेको छ । प्रशासनिक क्षेत्रमा भने ७५ जना कर्मचारीको दरबन्दी रहे पनि २७÷२८ जना अस्थायी करार संख्याको कर्मचारी छौं । कर्मचारी संख्या धेरै न्यून छ,’ उनले भने । ‘त्यो न्यून कर्मचारीहरूलाई पनि केही ओभरटाइम दिएर पनि व्यवस्थापन मैले गरिरहेको छु र त्रिविको कार्यकारी सदस्यले मंैले लिखित मौखिक जानकारी गराइसकेको छु । क्याम्पसको कोठाहरूको चाहिँ विद्यार्थी संख्यामा कक्षा कोठाहरू अत्यन्तै न्यून छ ।’

कक्षा कोठाको अभाव अत्यन्त गम्भीर रहेको बताउँदै उनले लाइब्रेरी, कम्प्युटर ल्याब र कार्यालय कक्षहरूमा समेत कक्षा लिनुपरेको अवस्था रहेको जानकारी दिए । यस समस्याको समाधानका लागि थापाथली इन्जिनियरिङ कलेजका इन्जिनियरमार्फत पाइलट सर्भे गराइसकिएको र छिट्टै विस्तृत सर्भे गरी चार कोठे नयाँ भवन निर्माण सुरु गर्ने तयारी भएको बताए । दीर्घकालीन रूपमा भने आधुनिक सुविधायुक्त ठूलो भवन निर्माण गर्ने योजना अघि बढाइने उनले जानकारी गराए ।

गुणस्तरीय शिक्षालाई आफ्नो मुख्य शैक्षिक एजेन्डा बनाउँदै उनले विषयमा गहिरो ज्ञान, नतिजा उन्मुखता र अध्यापन क्षमताका आधारमा शिक्षक चयन तथा मूल्याङ्कनलाई प्राथमिकता दिने बताए । ३० वर्षको प्राध्यापन अनुभवका कारण उनी स्वयं कक्षामा गएर अध्यापन गर्न पनि तयार रहेको बताउँदै उनले नियमित अनुगमन र क्रस–चेकमार्फत कुनै विद्यार्थी शैक्षिक रूपमा वञ्चित नहोस् भन्ने उद्देश्य व्यक्त गरे ।

क्याम्पसमा विद्यार्थी संख्या धेरै, प्राध्यापक र कर्मचारी संख्या न्यून, पुरानो संरचना, र समयसापेक्ष पूर्वाधार अभावजस्ता चुनौती भएपनि ती समस्याहरू समाधान गर्न आफू पूर्णतः प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

समयअनुकूल प्राध्यापक र कर्मचारी दुवैका लागि आधुनिकीकरण तथा सीप विकास प्रशिक्षण आवश्यक रहेको बताउँदै उनले यसतर्फ गम्भीर पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । क्याम्पसको समग्र सुधार, पारदर्शिता, शैक्षिक उत्कृष्टता र संरचनागत विकासलाई उनले आफ्नो नेतृत्वकालको आधारभूत लक्ष्यका रूपमा अघि सारेका छन् ।

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ : यादव

लघुवित्त क्षेत्रलाई रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४३

  काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...