CG Electronics
Ncell NPL Banner ads
TATA Banner

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

Laxmi Sunrise Bank Limited
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

सिन्धुली, नेपाल – प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक श्री करिराम शाह, सम्मानित अतिथि तथा स्थानीय शुभेच्छुकहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो। सो कार्यक्रममा कजारियाका कन्ट्री म्यानेजर श्री अभ्यास तिवारीको विशेष उपस्थिति तथा रिबन काटेर शोरूमको औपचारिक शुभारम्भ गर्नु समारोहको प्रमुख आकर्षण रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै डिलर तथा मालिक श्री करिराम शाहले आफ्नो खुशी व्यक्त गर्दै भने, “हामी कजारियासँग साझेदारी गर्न पाउँदा गौरवान्वित छौँ। गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहज रूपमा पाउनेछन्।”

त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर श्री अभ्यास तिवारीले ग्राहक सन्तुष्टि र बजार विस्तारप्रति ब्रान्डको प्रतिबद्धता व्यक्त गर्दै भने, “कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सिन्धुली शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुरÞ्याउँदैछौँ। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।”

आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ। यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको काजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०ह१२० सेमी, ६० ह ६० सेमी, १९.५ह१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०ह४० सेमी) र सिरामिक वाल टाइल्स (३०ह६० सेमी, ३०ह४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।सिन्धुली शोरूमको उद्घाटनले काजारियाको नेपालका प्रत्येक भौगोलिक क्षेत्रमा उत्कृष्ट, विश्वस्तरीय टाइलहरू सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्यतर्फको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडिदिएको छ।

 

CG Electronics
कामना सेवा विकास बैंकलाई लगातार दोश्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार दोश्रो पटक...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:११

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन...

दिपलले खरिद गर्यो हुन्डाईको चीनस्थित प्लान्ट

दिपलले खरिद गर्यो हुन्डाईको चीनस्थित प्लान्ट

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:०५

काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ...

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:०१

  काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप...

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ साझेदारी

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्स र नबिल...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०८:४७

  काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

नबिल बैंक र नेपाल इन बिजनेश –...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०८:४०

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ...

सप्तकोशी सिमेन्टको आईपीओ निष्कासनमा सिद्धार्थ क्यापिटल नियुक्त

सप्तकोशी सिमेन्टको आईपीओ निष्कासनमा सिद्धार्थ क्यापिटल नियुक्त

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०८:३५

काठमाडौं । सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन...