CG Electronics
IME Life
NIMB

आईआईएमएस 2.0 विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको नयाँ युगको सुरुवात

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ।

सन् २०१० मा स्थापना भएको IIMS College ले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका स्नातक कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा विकास हुँदै आएको छ। टेलर्स युनिभर्सिटी—दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक—QS World University Rankings मा २५३औँ स्थानमा रहेको तथा विश्वका शीर्ष १% विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो। यसको AACSB मान्यता प्राप्त व्यवसाय कार्यक्रमले अन्तर्राष्ट्रियस्तरको उच्च-गुणस्तरीय शिक्षाप्रति यसको प्रतिबद्धता झल्काउँछ।

उद्घाटन समारोहमा टेलर्स युनिभर्सिटी, मलेशियाका वरिष्ठ नेतृत्व टोली तथा शैक्षिक नेतृत्व गर्ने व्यक्तिहरू, उद्योग प्रतिनिधि, विद्यार्थी तथा राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो।

उपस्थित अतिथिहरू :
● Prof. Barry Winn, Vice Chancellor & President, Taylor’s University, Malaysia
● Ms. Ng (Angie) Sok Ping, Pro Vice Chancellor, Planning and Academic Development
● Prof. Neethaiahnathan Ari Raghavan, Executive Dean, Faculty of Social Sciences & Leisure Management
● Prof. Chong Siong Choy, Executive Dean, Faculty of Business & Law

कार्यक्रम परम्परागत स्वागतसँग सुरु भएर नयाँ क्याम्पसको औपचारिक रिबन–कटिङ तथा सुविधाहरूको उद्घाटनसँग अघि बढ्यो। अतिथिहरूले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी–केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरूको अवलोकन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै IIMS Group का मुख्य कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले भने, “IIMS 2.0 केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता हो। हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौँ—जहाँ विद्यार्थीहरूले विदेश नजानै विश्व–स्तरीय शिक्षा प्राप्त गर्न सक्छन्।”

टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक. बेरीले भने: “आज अन्तर्राष्ट्रिय शिक्षामा एउटा महत्वपूर्ण माइलस्टोन स्थापित भएको दिन हो। टेलर्स युनिभर्सिटीमा हामी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वास गर्छौँ। IIMS सँगको यो सहकार्यले नेपालका भावी विश्व–नागरिकहरूलाई सशक्त बनाउन हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ।”

IIMS College ले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूजस्ता सह–पाठ्यक्रमीय कार्यक्रमहरूको माध्यमबाट थप मजबुत बनाउँदै आएको छ। रिबन–कटिङ, क्याम्पस भ्रमण र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न IIMS 2.0 को शुभारम्भले नेपालमा उच्च शिक्षाको नयाँ अध्यायको सुरुवात गरेको छ।

स्मार्ट कक्षा, डिजिटल शिक्षण क्षेत्र, अत्याधुनिक प्रयोगशाला, नवप्रवर्तन केन्द्र, आतिथ्य प्रशिक्षण सुविधा, विद्यार्थी सहकार्य क्षेत्र, रूफटप लर्निङ टेरस, साथै Taylor’s Café र Aranya Boutique Hotel जस्ता अनुभूति–आधारित सिकाइ क्षेत्रसमेत समावेश आधुनिक क्याम्पसमार्फत IIMS दक्षिण एसियामा अन्तर्राष्ट्रिय शिक्षाको अग्रणी केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राख्दछ।

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...