CG Electronics
IME Life
NIMB

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी स्पोन्सर

NIMB
Himalayan Bank

 

काठमाडौं । एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी स्पोन्सर बनेको छ। सोमबार आयोजित एक कार्यक्रममा एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजना सम्झौता सम्पन्न भएको हो। सम्झौतासँगै साबिकको ‘बड्डाउ’ लाई ‘जिली बड्डाउ’ नाममा रिब्रान्ड गरिएको छ।

एलआरआर मोटर्स नेपालमा चीनमा निर्मित विश्वचर्चित जिली EX5 Max र Pro Series विद्युतीय गाडीका आधिकारिक आयातकर्ता कम्पनी हो। जर्सी प्रायोजन सम्झौतापछि ‘जिली बड्डाउ’ अब जिली EX5 को ब्रान्ड प्रमोशनमा पनि सक्रिय भूमिका निर्वाह गर्नेछ।

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) जीवन जङ्ग शाहीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि सीईओ खड्काले एलआरआर मोटर्ससँगको सहकार्यले प्रतियोगितामा नयाँ रौनक थपिने विश्वास व्यक्त गरे। उनका अनुसार, मस्कट ‘बड्डाउ’ टोलीको आकर्षण मात्र नभई अहिलेदेखि ब्रान्ड प्रमोशनको माध्यम पनि बन्नेछ।

त्यस्तै, एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सफल टोलीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यस सम्झौताले सुदूरपश्चिम रोयल्सको विजय यात्रामा सकारात्मक योगदान गर्ने बताए।

साविक विजेता सुदूरपश्चिम रोयल्स यो सिजन पनि पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ।

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...