CG Electronics
IME Life
NIMB

७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले नेपाल न्यूज बैंकलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।

बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सबै गाडी बीबाईडी ब्रान्डका रहेको उनले बताए । उनले अधिकांश सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘करको दर हेरफेर भएको सूचना लिक भएको आशंकामा थप छानबिनका लागि सवारीसाधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइनेछ ।’

यस विषयमा थप जानकारी लिन न्यूज बैंकले विद्युतीय गाडीको ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनको मोवाईल स्वीच अफ रहेको थियो । प्राप्त सूचनाअनुसार भन्सारका कर्मचारी, भन्सार एजेन्ट तथा व्यापारीबीचको सम्भावित मिलेमतोमा आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक हुनुअघि नै सवारीसाधन जाँचपास गरी भित्र्याइएको आशंकापछि सरकारी निकायहरू सक्रिय भएका थिए ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा हेरफेर गरेको छ । सोही परिवर्तनबाट लाभ लिन बजेटअघि ठूलो संख्यामा सवारीसाधन आयात गरिएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...