CG Electronics
IME Life
NIMB

१७० भन्दा बढी देशमा सफल यात्रा तय गरेको जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी नेपाल आउँदै

NIMB
Himalayan Bank

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो यातायात समाधानका लागि परिचित जीडब्लुएम (ग्रेट वाल मोटर्स) ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी भित्र्याउने तयारी गरेको छ।

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जीडब्लुएमले नेपालका लागि पनि आधुनिक प्रविधियुक्त विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने संकेत दिएको हो। कम्पनीले हालसम्म नयाँ मोडलको औपचारिक घोषणा नगरे पनि सार्वजनिक भएका प्रारम्भिक विवरणले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढाएको छ।

प्राप्त जानकारीअनुसार नयाँ विद्युतीय एसयूभीले एकपटकको पूर्ण चार्जमा करिब ५२० किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। साथै स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

गाडीको बाह्य बनावट आकर्षक र प्रिमियम स्तरको हुने बताइएको छ। आधुनिक डिजाइन, विशेष प्रकाश प्रणाली तथा बहु–तह सुरक्षात्मक कोटिङ प्रविधिले यसलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ। उक्त प्रविधिले सामान्य खालका साना कोरिएका दागहरू सूर्यको तापको प्रभावबाट आफैं कम गर्न सक्ने क्षमता राख्ने चर्चा छ।

सुरक्षाका दृष्टिले गाडीमा सातवटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यु प्रविधि तथा उन्नत एईबी र एमईबी सुरक्षा प्रणाली समावेश हुने जनाइएको छ। साथै २० भन्दा बढी आधुनिक चालक सहायता प्रणाली (एडास) सुविधाले यात्रालाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।

नयाँ एसयूभीमा कफी ओएस ३.० एआई प्रणालीद्वारा सञ्चालित स्मार्ट ककपिट, एक स्पर्शमै सञ्चालन गर्न सकिने नियन्त्रण प्रणाली, भेन्टिलेसन सुविधासहित छ प्रकारले विद्युतीय रूपमा समायोजन गर्न मिल्ने चालक सिट तथा पाँच तहको ब्याट्री सुरक्षा प्रणाली जस्ता विशेषता रहनेछन्।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको, चार्जिङ पूर्वाधार विस्तार भइरहेको तथा वातावरणमैत्री यातायातप्रति सकारात्मक सोच विकसित भइरहेका बेला जीडब्लुएमको यो नयाँ विद्युतीय एसयूभीलाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कम्पनीले यस सम्बन्धमा थप विस्तृत जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...