IME Life
NIMB

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’ सम्पन्न, विजेतालाई पी एस ५ पुरस्कार

NIMB
Himalayan Bank

 

काठमाडौं । टियागो इभि ‘कार्टनिभल’ अन्तर–विद्यालय चित्रकला प्रतियोगिता अन्तर्गत प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ। सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रतियोगिता कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ गरी दुई समूहमा सञ्चालन गरिएको थियो।

कक्षा ५ देखि ८ समूहतर्फ त्रियोग हाइस्कुलका आशिम सुन्दास प्रथम हुन सफल भए भने कक्षा ९ देखि १२ समूहतर्फ बुढानिलकण्ठ स्कुलकी समय्या थापा प्रथम भइन्। दुवै समूहका प्रथम विजेतालाई पुरस्कार स्वरूप प्लेस्टेशन–५ (PS5) प्रदान गरिएको थियो।

कक्षा ५ देखि ८ समूहमा काठमाडौँ युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोग हाइस्कुलकी आश्वी घले पाँचौँ स्थानमा रहिन्। त्यसैगरी कक्षा ९ देखि १२ समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय भएका छन्।

कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरण अन्तर्गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिसहित शिक्षक, अभिभावक, विभिन्न विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...