CG Electronics
IME Life
NIMB

नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को पहिलो वार्षिक साधारण सभा (AGM) हालै काठमाडौंको कमलपोखरीस्थित NAIMA कार्यालयमा सम्पन्न भएको छ। अध्यक्ष ऋतु सिंह वैद्यको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको भावी कार्यदिशा, रणनीतिक योजना तथा आगामी वर्षका कार्यक्रमहरू अनुमोदन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै NAIMA नेपालको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन्। उनले विगत नौ महिनाको अवधिमा संस्थागत सुदृढीकरणसँगै Nepal Mobility Expo 2025 सफलतापूर्वक आयोजना गरिएको उल्लेख गर्दै उक्त एक्स्पोले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नवीन प्रविधि, दिगोपन र सम्भावनालाई उजागर गरेको बताइन्।

सभामा NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति विवरण तथा आगामी वर्षको कार्ययोजना र बजेट प्रस्तुत गरेका थिए। सदस्यहरूले संस्थाको पारदर्शी, जिम्मेवार र दिगो वित्तीय व्यवस्थापनप्रति प्रशंसा व्यक्त गर्दै कार्यसमितिलाई आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए।

AGM ले आर्थिक वर्ष २०८२/८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा Nepal Mobility Expo 2026 आयोजना गर्ने निर्णय गरेको छ। साथै, NAIMA ले आगामी Mobility Expo २०८३ साल श्रावण २६ गतेदेखि २९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरिरहेको जानकारी पनि सभामा दिइयो।

सभामा संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरशिप एङ्गेजमेन्ट समिति गठन गरिएको छ। साथै Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा स्वागत गरिएको छ। कार्यक्रममा नीति निर्माण, मिडिया तथा टास्क कमिटीमा नयाँ सदस्यहरू मनोनयन गरिएको जानकारी पनि दिइयो।

सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यप्रति आभार व्यक्त गर्दै नेपालको मोबिलिटी क्षेत्रको दीर्घकालीन विकासका लागि NAIMA ले सक्रिय र जिम्मेवार भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन्।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...