CG Electronics
Ncell NPL
NIMB

ग्लोकल आफ्टर स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा, सीप र युवा सशक्तीकरणको उत्सव

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । ग्लोकल आफ्ट स्कूलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ साताव्यापी कार्यक्रम ‘स्किल वीक २०२६’ को घोषणा गरेको छ ।

आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुने यस कार्यक्रममा विभिन्न कार्यशालाहरू, प्रयोगात्मक सिकाइ, प्रतियोगिताहरू, प्रदर्शनी र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछन् । कार्यक्रमको मुख्य आकर्षण जनवरी १६ मा हुने ‘फेस्ट डे’ र जनवरी १९ मा हुने ‘समापन समारोह’ रहनेछ ।
के हो त स्किल वीक २०२६ ?
ग्लोकल आफ्ट स्कूलको प्रख्यात सीप–आधारित पारिस्थितिक प्रणालीबाट प्रेरित यो कार्यक्रम ‘घटना, सिर्जनशीलता, सीप, प्रेरणा र अन्तर्दृष्टिले भरिएको एक साता’ हो । यसको मुख्य उद्देश्य युवाहरूलाई शिक्षासँगै मनोरञ्जनको मिश्रण गरी आवश्यक जीवन उपयोगी र व्यावसायिक सीपहरू सिक्न र विकास गर्न प्रोत्साहित गर्नु हो ।

आफैले आफैबसेर गरिने अभ्यास देखि अन्तक्र्रियात्मक सत्रहरूसम्म, स्किल वीकले युवा, शिक्षक, पेशेवर र संस्थाहरूलाई सीपको महत्त्व मनाउन एउटै साझा मञ्च प्रदान गर्दछ । स्किल वीक २०२६ ले परम्परागत शिक्षा र व्यावहारिक सीपबीचको खाडललाई कम गर्ने लक्ष्य राखेको छ।

ग्लोकल आफ्ट स्कूलका अध्यक्ष श्री आशिष ठाकुरका अनुसार, “स्किल वीक एउटा कार्यक्रम मात्र नभई एक अभियान हो। हाम्रो लक्ष्य युवाहरूले सिक्ने, प्रयोग गर्ने, र आफ्नो क्षमतालाई विश्वसामु उजागर गर्ने ठाउँ सिर्जना गर्नु हो । ग्लोकल आफ्ट स्कूल एक अग्रणी सिकाइ प्लेटफर्म हो जसले सीपमा आधारित शिक्षा, तालिम र प्रयोगात्मक सिकाइमार्फत युवाहरूको क्षमता अभिवृद्धि गर्न काम गरिरहेको छ ।

यस वर्षको ‘स्किल वीक’ एम्बार्क कलेज द्वारा सञ्चालित रहेको छ। कार्यक्रमका रणनीतिक साझेदारहरूमा भारतीय दूतावास, युरोपेली संघ, र अष्ट्रेलियाली सरकार रहेका छन्। अन्य साझेदारहरूमा होन्डा, इन्स्योर, बायोस्फेयर ग्लोबल, मेरोजब, अग्रिमा एकेडेमी, नेपाल एसबिआई बैंक (बैंकिङ पार्टनर), वल्र्डलिंक (इन्टरनेट पार्टनर), यती एयरलाइन्स (एयरलाइन पार्टनर), द काठमाडौं पोस्ट र प्रिज्मा एड्भरटाइजिङ (मिडिया पार्टनर) रहेका छन् ।

CG Electronics
नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा, सिन्धुलीमा लुटपाट

नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा,...

वि.सं.२०८२ माघ ३ शनिवार १३:१४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सिन्धुलीस्थित घ्याङलेख शाखा, बागमति...

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक सक्रिय, प्रहरीसँग छलफल

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक...

वि.सं.२०८२ माघ ३ शनिवार १३:०२

काठमाडौं । पछिल्ला केही महिनादेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि...

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक, अब ३ महिनामै असल वर्गमा उकास्न सकिने

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:५५

  काठमाडौँ। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको पुनर्वर्गीकरण अवधि छोट्याउँदै...

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र, झापालाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:४६

  झापा। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:२३

  माघ २, चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती...

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटरस् मेला’

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:१८

काठमाडौँ।एनसेलले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालका तीन सहरमा ‘क्रिएटरस् मेला’...