NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

ब्ल्याक+डेकरका उपकरण खरिदमा मुम्बईमा ‘नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । विश्वप्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकर (Black+Decker) ले आफ्ना ग्राहकहरूका लागि “Power Your Home” भन्ने नाराका साथ आईसीसी टी–२० वर्ल्डकप लक्षित विशेष उपहार योजना सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० वर्ल्डकप (ICC T20 World Cup) को उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक+डेकरका घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार, यस योजनाको मुख्य आकर्षण भनेको भाग्यशाली विजेताले लक्की ड्र मार्फत ” प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमण (5 Days Full Trip to Mumbai) को अवसर प्राप्त गर्नेछन्। जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सुविधा, मुम्बई सिटी टुर (City Tour) र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।

यो योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक+डेकरको उपकरण खरिद गरेपछि B&D [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ (31003) मा SMS पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ।

यो योजना मंसिर २९ गतेदेखि देशभरिका CG Digital आउटलेटहरू, LG Shoppe’s आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध हुनेछ। यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

Black+Decker ले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता, र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको छ। ११५ वर्षभन्दा लामो इतिहास बोकेको यो ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ। Black+Decker ले प्रयोगकर्ता-मैत्री डिजाइन, ऊर्जा दक्षता, र दीर्घकालीन टिकाउपनामा विश्वास राख्दछ।

नेपालमा ब्ल्याक+डेकर ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स रहेको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर रहेका शोरुमहरू र सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...