CG Electronics
IME Life
NIMB

केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक

NIMB
Himalayan Bank

काठमाडौं। काठमाडौं जिल्ला अदालतले केवाइसी (KYC) ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री–वितरणमा रोक लगाउँदै अन्तरकालीन आदेश जारी गरेको छ। अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधनसमेत आयात र बिक्रीवितरण नगर्न निर्देशन दिएको हो।

मंगलबार जारी आदेशमा अदालतले देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम केवाइसी ब्रान्डका गाडी मात्र होइन, नाम परिवर्तन गरेर वा अन्य कम्पनी/व्यक्तिको नाममा उही स्पेसिफिकेसनका गाडी भित्र्याउने र बजारमा बिक्री–वितरण गर्ने कार्य समेत रोक्न भनेको छ। यसअघि अदालतको आदेश विपरीत ‘नियोसिया’ ब्रान्डमा केवाइसी गाडी आयात तथा बिक्री भइरहेको आरोप थियो।

अदालतको आदेशमा भनिएको छ, “चिनिया कम्पनीबाट उत्पादित केवाइसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरू निवेदक वादी बाहेक अन्य कम्पनी/व्यक्तिको नामबाट आपूर्ति तथा बिक्री वितरण नगर्नु नगराउनु, करार सम्झौता यथास्थितिमा कायम राख्नु भनी विपक्षीहरूका नाममा देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिएको छ।”

अदालतले केवाइसी ब्रान्डका सवारीसाधन अन्य कम्पनी वा व्यक्तिको नामबाट उत्पादन, आपूर्ति तथा बिक्री भइरहेको अवस्थामा करार सम्झौता, बौद्धिक सम्पत्ति अधिकार र उपभोक्ता हितमा गम्भीर क्षति पुग्ने उल्लेख गर्दै अन्तिम फैसला नआएसम्म यथास्थिति कायम राख्न आदेश दिएको छ।

विवादित गाडीहरू केवाइसीकै मोडेल, बनावट र फिचर मिल्ने भए पनि नाम परिवर्तन गरी ‘नियोसिया’ तथा ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात गरिएको आरोप छ। यस प्रकरणमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ र त्यसकै सञ्चालकहरूले स्थापना गरेको ‘एम्बर मोटर्स प्रालि’ संलग्न रहेको बताइएको छ। दुवै कम्पनी एउटै समूहका व्यक्ति सञ्चालकमा रहेकाले अदालतको आदेश छल्दै गाडी आयात गरिएको दाबी गरिएको छ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...