CG Electronics
IME Life
NIMB

इटहरी शाखामा कर्मचारीमाथि अभद्र व्यवहार, एनआईसी एशियाको गम्भीर ध्यानाकर्षण

NIMB
Himalayan Bank

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो इटहरी शाखामा कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति कडा ध्यानाकर्षण जनाएको छ। बैंकका अनुसार एक व्यक्तिले कलुषित मनसायका साथ शाखा परिसरमा प्रवेश गरी बैंक कर्मचारीलाई गालीगलौज गर्दै उच्छृङ्खल गतिविधि प्रदर्शन गरेका थिए।

बैंकद्वारा जारी विज्ञप्तिमा संवेदनशील तथा अत्यावश्यक सेवा प्रवाह हुने वित्तीय संस्थामा यस्तो अराजक कार्य स्वीकार्य नहुने उल्लेख गरिएको छ। घटना दौरान कार्यालयभित्र होहल्ला मच्चाउने मात्र नभई पेट्रोलजस्ता प्रज्वलनशील पदार्थ छर्कने प्रयाससहित ज्यानमै खतरा पुर्‍याउने गतिविधि भएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस्ता घटनाले संस्थामा कार्यरत कर्मचारी मात्र होइन, समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको छ। आर्थिक विकासमा ठूलो भूमिका खेलिरहेको वित्तीय संरचनामाथि यसले नकारात्मक असर पारेको भन्दै बैंकले गम्भीर चासो व्यक्त गरेको छ।

एनआईसी एशियाले कुनै पनि वहानामा कर्मचारीमाथि हुने अभद्र तथा अवैधानिक व्यवहार सह्य नहुने स्पष्ट पार्दै घटनामा संलग्न व्यक्तिमाथि कानूनी अनुसन्धान र कारबाही प्रक्रियालाई अघि बढाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ। साथै बैंक र कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता गर्न राज्य संयन्त्र सक्रिय हुनुपर्ने बैंकको धारणा छ।

विज्ञप्तिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले हस्ताक्षर गरेका छन्।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...