CG Electronics
IME Life
NIMB

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८औँ साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश स्वीकृत

NIMB
Himalayan Bank

 

काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा काठमाडौँको नक्शालस्थित अमृपाली बैंक्वेटमा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रले व्यक्ति, व्यवसाय तथा सम्पत्तिको संरक्षणमार्फत राष्ट्रिय अर्थतन्त्रलाई स्थिर र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

अध्यक्ष ढकालका अनुसार २८ वर्षको यात्रा सफलतापूर्वक पार गर्दै कम्पनीले पारदर्शी, सरल र भरपर्दो बीमा सेवामार्फत ग्राहकप्रति विश्वास कायम राख्न सफल भएको छ। उनले बीमा बजारको विस्तार, विश्वसनीयता र पहुँच अर्थतन्त्रको स्वास्थ्य मापनको महत्वपूर्ण सूचक भएको उल्लेख गरे।

सभाले समीक्षा वर्षका लागि चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ। कम्पनीले हासिल गरेको प्रगति तथा वित्तीय उपलब्धि हेर्दा आगामी वर्ष अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

कम्पनीले पानीपोखरीमा करिब ६० हजार वर्गफुट क्षमताको ११ तले भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र माघ महिनाभित्र मुख्य कार्यालय त्यही भवनमा सारिने निर्णय सभामा साझा गरिएको छ। चार तला कार्यालय प्रयोजनका लागि उपयोग गरिने र बाँकी तला भाडामा दिई आम्दानी बढाइने योजना रहेको छ।

जेन्जी आन्दोलन तथा अविरल वर्षा, बाढी र पहिरोका कारण पछिल्लो समय निर्जीवन बीमा क्षेत्रमा उच्च दाबी परेको कम्पनीले जनाएको छ। आन्दोलनका क्रममा करिब २३ अर्ब ४४ करोड बराबरको दाबी दर्ता भएको छ भने प्राकृतिक विपद्बाट करिब ४ अर्ब बराबरको दाबी परेको छ।

यद्यपि शेयर बजारमा देखिएको सकारात्मक संकेत, सुधारोन्मुख सरकारी नीतिगत व्यवस्थापन तथा आर्थिक सूचकांकले दीर्घकालीन व्यवसायिक वातावरणलाई अनुकूल बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठका अनुसार आइजीआईले ७ प्रदेशका ९० शाखाबाट ५३१ कर्मचारी, ४३० अभिकर्ता तथा १९२ सर्वेयरमार्फत सेवा प्रदान गरिरहेको छ। माघ अन्त्यबाट कम्पनीका सम्पूर्ण सेवा तथा प्रशासन पानीपोखरीस्थित आफ्नै भवनबाट सञ्चालन हुने उनले बताए।

निर्जीवन बीमा बजारको कूल प्रिमियम ६.७७ प्रतिशत वृद्धि भई ४३ अर्ब ९५ करोड पुगेको छ। आइजीआई प्रुडेन्सियलले गत वर्ष संकलन गरेको प्रिमियम ३ अर्ब ८६ करोड ५९ लाख रहेको छ, जुन ६.३२ प्रतिशत वृद्धि हो। कम्पनीले १८ हजार ५०० दाबीका लागि २ अर्ब ४६ करोड ३३ लाख भुक्तानी गरेको र सरकारलाई विभिन्न कर शीर्षकमा ७९ करोड ८७ लाख तिरेको छ।

कम्पनीले क्यासलेस स्वास्थ्य बीमा योजना लागू गरेको छ, जसबाट नेपालका अधिकांश अस्पतालमा भुक्तानी नबोकी उपचार प्राप्त गर्न सकिनेछ। साथै नेपाल आउने विदेशी पर्यटकका लागि ट्रेकिङ्ग र पर्वतारोहण बीमा योजना पनि सुरु गरिएको छ, जसले दुर्घटना वा उचाइजन्य जोखिमका घटनामा नगदरहित उपचार सेवा उपलब्ध गराउनेछ।

कम्पनीले नियामक निकायका निर्देशन पालना, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण र डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखेको छ। गुणस्तरीय व्यावसायिक वृद्धि तथा प्रतिष्पर्धी बजारमा टिकाउन कम्पनी निरन्तर सुधार र नवप्रवर्तनमा केन्द्रित रहँदै आएको बताइएको छ।

अन्त्यमा, अध्यक्ष ढकालले शेयरधनी, नियामक निकाय, ग्राहक तथा हितधारुप्रति विश्वास र सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै सभाको समापन गरे।

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...