CG Electronics
IME Life
NIMB

छ हजार किमी क्रस–कन्ट्री इलेक्ट्रिक यात्राबाट एथरले तोड्यो ‘रेन्ज एङ्जायटी’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। इलेक्ट्रिक स्कुटर सहरभित्र मात्र उपयुक्त हुन्छ भन्ने आम धारणा तोड्दै भारतको गोवाबाट नेपालसम्म Ather 450 इलेक्ट्रिक स्कुटरमा ६,००० किलोमिटरभन्दा लामो क्रस–कन्ट्री यात्रा सफलतापूर्वक सम्पन्न गरिएको छ।

भारतका दुई राइडरहरूले गोवाबाट यात्रा सुरु गरी गोरखपुर हुँदै बुटवल, चितवन र काठमाडौँसम्मको दूरी तय गरेका हुन्। आगमन–प्रस्थानसहित ६,००० किलोमिटरभन्दा बढी दूरी समेटिएको यस यात्रालाई Asia Book of Records मा दर्ता गर्ने तयारी गरिएको जनाइएको छ।

यस यात्रामार्फत एक व्यक्तिद्वारा सम्पन्न गरिएको सबैभन्दा लामो इलेक्ट्रिक स्कुटर यात्रा तथा पहिलो पटक सम्पन्न भएको क्रस–कन्ट्री इलेक्ट्रिक स्कुटर यात्रा गरी दुई महत्वपूर्ण कीर्तिमान स्थापना गर्ने लक्ष्य राखिएको छ।

९ जनवरीमा सुरु भएको यात्राका क्रममा राइडरहरूले विभिन्न भू–भाग, लामो राजमार्ग, अन्तरदेशीय सीमा तथा वास्तविक चार्जिङ अवस्थाहरूको सामना गरे। यात्राले इलेक्ट्रिक सवारी प्रयोगकर्ताहरूमा देखिने रेन्ज एङ्जायटी र चार्जिङ एङ्जायटी सम्बन्धी चिन्तालाई प्रत्यक्ष अनुभवमार्फत कम गर्न सहयोग पुगेको बताइएको छ।

Ather 450 को बलियो प्लेटफर्म र विस्तार हुँदै गएको चार्जिङ इकोसिस्टमको आधारमा सम्पन्न यस यात्राले लामो दूरीमा पनि इलेक्ट्रिक स्कुटर भरपर्दो र विश्वसनीय हुन सक्ने सन्देश दिएको कम्पनीको भनाइ छ।

यात्राका क्रममा स्कुटर १७ जनवरीमा बुटवल, १८ जनवरीमा चितवन र १९ जनवरीमा काठमाडौँ पुगेको थियो। सो अवसरमा सम्बन्धित Ather Experience Center हरूमा EV तथा प्रविधि उत्साहीहरूसँग Meet & Greet कार्यक्रमसमेत आयोजना गरिएको थियो।

भारतमा डिजाइन, इन्जिनियरिङ तथा निर्माण गरिएको Ather 450 ले विभिन्न सडक र मौसम पार गर्दै इलेक्ट्रिक मोबिलिटीप्रतिको विश्वास अझ बलियो बनाएको कम्पनीले जनाएको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...