CG Electronics
Ncell NPL
NIMB

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सफलतापूर्वक सम्पन्न

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

उक्त तालिम सत्र इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरण सम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । नियमित तथा गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकता दिँदै, इनड्राइभले आफ्ना ड्राइभरहरू केवल आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौतीहरू सामना गर्न सक्षम बन्ने सुनिश्चित गर्न चाहन्छ ।

यस पहलको एक प्रमुख विशेषता भनेको इनड्राइभले आफ्नो विशिष्ट ‘स्वतन्त्र छनोट’ मोडेलमाथि दिएको विशेष जोड हो । यो मोडेलले ड्राइभरहरूलाई प्लेटफर्मभित्र काम गर्दा यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ । सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा वा सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी ड्राइभरहरूले आफ्ना यात्रामा नियन्त्रण कायम राख्न सक्ने एक दिगो र न्यायपूर्ण मोबिलिटी प्रणालीलाई निरन्तर प्रवद्र्धन गरिरहेको छ ।

सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्रलाई नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । यस क्रममा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायहरूबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्वमाथि जोड दिएका थिए ।

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, “इनड्राइभका लागि चालक साझेदारहरूको सशक्तिकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित छैन । यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ ।”
उनले थप भनिन्, “यस्ता पहलहरुमार्फत हामी चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजान चाहन्छौं, जसको प्रत्यक्ष प्रभाव समग्र यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिन्छ ।

इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौं । दीर्घकालीन रूपमा, नेपालको मोबिलिटी इकोसिस्टमलाई अझ सुरक्षित, समावेशी र दिगो बनाउनु नै हाम्रो साझा लक्ष्य हो ।”

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको निरन्तर समर्पण, जिम्मेवारीबोध र व्यावसायिकता लाई उच्च सम्मान गर्दै आएको छ। यात्रुहरूलाई हरेक दिन सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव प्रदान गर्न ड्राइभर पार्टनर्सले खेलेको भूमिकाको इनड्राइभले हार्दिक कदर र प्रशंसा गर्दछ । ड्राइभर पार्टनर्स नै इनड्राइभ सेवाको मेरुदण्ड भएकाले, उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरण कम्पनीको प्राथमिकतामा सधैं रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस पहलमार्फत इनड्राइभले नेपालमा समावेशी, सहयोगी र सशक्त राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ, जहाँ सुरक्षा, शिक्षा र छनोटको स्वतन्त्रता एक–अर्कासँग समन्वयमा अघि बढ्छन् । यात्रु र चालक दुवैका लागि पारदर्शी, निष्पक्ष र विश्वासयोग्य प्लेटफर्म निर्माण गर्दै, इनड्राइभले सुरक्षित यात्राको संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

“इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानले चालकहरूलाई प्रेरित र सशक्त बनाउनुका साथै सडक सुरक्षाप्रति व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्दछ । यसले इनड्राइभले सेवा प्रदान गर्ने समुदायहरूमा सकारात्मक, दिगो र अर्थपूर्ण प्रभाव सिर्जना गर्ने निरन्तर प्रयासहरूको अर्को महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ, जसले जिम्मेवार यात्रा र सुरक्षित सडकको साझा दृष्टिकोणलाई अझ सुदृढ बनाउँछ ।

 

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...