CG Electronics
IME Life
Ncell NPL

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टरमा आकर्षक छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौताअनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा आकर्षक छुट उपलब्ध गराइनेछ।

सम्झौतापत्रमा मर्केन्टाइल अफिस सिस्टमका कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा राणाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरूले एसर ल्यापटप तथा एप्सन प्रिन्टर खरिद गर्दा अधिकतम १८ प्रतिशतसम्म छुट पाउनेछन्। त्यसैगरी, बैंकका ग्राहकहरूले ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। साथै, क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि ‘इन्स्टापे’ मार्फत किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइने व्यवस्था गरिएको छ।

उक्त छुट सुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरका आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. मार्फत प्राप्त गर्न सकिनेछ।

प्रभु बैंकले देशभर फैलिएका ३१२ शाखा, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...