IME Life
NIMB

कजारियाले विराटनगरमा नयाँ शोरूम उद्घाटन, पूर्वी नेपालमा उपस्थिति विस्तार

NIMB
Himalayan Bank

 

विराटनगर, माघ १०, २०८२ — प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूममार्फत कम्पनीले पूर्वी नेपालमा आफ्नो बजार उपस्थिति थप विस्तार गरेको हो।

शुक्रबार सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थिति रहेको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कजारियाको लगानीले क्षेत्रीय औद्योगिक विकासमा योगदान पुर्‍याएको उल्लेख गरे। उनले प्रतिष्ठित ब्रान्डहरूको कोशी प्रदेशमा विस्तार हुनु नेपालको निर्माण उद्योगप्रति बढ्दो विश्वासको संकेत भएको बताए।

कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक अग्रवालले नेपालप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्दै विराटनगरमा नयाँ शोरूम सञ्चालन हुनु पूर्वी नेपालका ग्राहकलाई विश्वस्तरीय टायल पहुँचमा ल्याउने महत्वपूर्ण कदम भएको बताए।

विराटनगरको केन्द्रमा अवस्थित नयाँ शोरूममा आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ। ग्राहकहरूले आधुनिक र ग्राहक–मैत्री वातावरणमा उत्पादन अवलोकन तथा छनोट गर्न सक्नेछन्।

कजारियाले नेपालमै स्थापना गरेको देशकै ठूलो टायल उत्पादन उद्योगमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीका नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा रहेका छन्।

विराटनगर शोरूमको उद्घाटन कजारियाको देशभर विश्वस्तरीय टायल पहुँच विस्तार गर्ने रणनीतिक योजनाको महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...