CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर २०८२’, विभिन्न आकर्षक प्याकेज उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं, माघ १२, २०८२ – नेपाल टेलिकमले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न आकर्षक प्याकेजसहित ‘विन्टर अफर २०८२’ सार्वजनिक गरेको छ। यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका प्याकेजहरू ग्राहकहरूले निकै रुचाएको पाइएकोले सोही प्याकेजहरूलाई निरन्तरता दिँदै नयाँ अफर ल्याइएको कम्पनीले जनाएको छ।

विन्टर अफरअन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज तथा सोसल मिडिया प्याकलगायतका सेवाहरू यथावत उपलब्ध गराइएको छ।

त्यसैगरी एड–अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज, नमस्ते वाइफाई प्रयोगकर्ताका लागि बन्डल प्याकेज तथा एफटीटीएच इन्टरनेट प्याकेजहरू पनि निरन्तर उपलब्ध रहने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेज का रूपमा निरन्तरता दिएको छ। यस सुविधाअन्तर्गत प्रयोगकर्ताले प्रत्येक महिना प्याकेज नवीकरण गर्नुपर्ने झन्झट नहुने र प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ। यसअघि ८६८६८८३ डायल गरेर मात्र लिन सकिने उक्त प्याकेज अब नेपाल टेलिकमको मोबाइल एप तथा वेबसाइटमार्फत पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

विन्टर अफर अन्तर्गतका प्याकेजहरू माघ ११ गतेदेखि उपलब्ध भई आगामी ९० दिनसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ। प्याकेज खरिद गर्नका लागि ग्राहकले ८६८६८३ डायल गर्न सक्नेछन् भने नेपाल टेलिकम एप तथा कम्पनीको वेबसाइटमार्फत विस्तृत जानकारी लिन सकिनेछ।

नेपाल टेलिकमले उक्त अफर ग्राहकवर्गका लागि आकर्षक र सुविधाजनक हुने विश्वास व्यक्त गरेको छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...