CG Electronics
IME Life
NIMB

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप पहिलो पटक मिथिला नगरीमा हुँदै

NIMB
Himalayan Bank

 

बर्दिबास (महोत्तरी), माघ १२: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ।

प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १ लाख २५ हजार र १ लाख रुपैयाँ हात पार्नेछन्। शीर्ष १८ स्थानभित्र पर्ने खेलाडीहरू पुरस्कारको‌ हकदार बन्नेछन्।

नेपाल नम्बर एक प्रो गल्फर तथा अघिल्लो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनका विजेता निरज तामाङ प्रमुख दाबेदारका रूपमा रहेका छन्। साथै भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयाराम श्रेष्ठ पनि उपाधि दाबेदारको सूचीमा छन्।

तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। जहाँ ३१ प्रोफेसनल गल्फर र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको सामप्तीपछि कट लागु हुनेछ। शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन्।

मधेस प्रदेशमा सूर्य नेपाल गल्फ टुरको कुनैपनि प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। नवनिर्मित यो गल्फ क्लबमा पहिलो पटक प्रो खेलाडीहरू प्रतिस्पर्धामा उत्रदैछन्। नयाँ गल्फ कोर्समा खेल्ने चुनौती खेलाडीहरूलाई रहनेछ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन्। जसको कुल पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। यसअघि भएको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर खेलाडी राहुल विश्वकर्मा र दोस्रो प्रतियोगीता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका थिए।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...