CG Electronics
IME Life
NIMB

इसेवा १७ औँ वर्षमा प्रवेश, तीन नयाँ प्रयोगकर्ता–केन्द्रित सुविधा सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ, माघ १२ — नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा ले स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा संस्करण सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीदेखि डिजिटल अर्थतन्त्र विस्तारसम्म १६ वर्षको यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको हो।

‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आएको इसेवाले हाल टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले डिजिटल वित्तीय सेवाहरूलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यका साथ निरन्तर नवप्रवर्तन गरिरहेको जनाएको छ।

१७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डे कार्यक्रमलाई सम्बोधन गर्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले डिजिटल भुक्तानी सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नियामक निकाय, प्रयोगकर्ता र सरोकारवालाहरूसँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारमार्फत समाजमा सकारात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै, प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सबैलाई समेट्दै सँगै अगाडि बढ्ने उद्देश्यका साथ सेवा प्रदान गर्दै आएको बताउँदै नेपालको कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको उल्लेख गर्नुभयो। प्रयोगकर्ताका आवश्यकता र प्रविधिको विकासलाई केन्द्रमा राख्दै निरन्तर नवप्रवर्तनमा लागिरहेको उहाँको भनाइ थियो।

तीन नयाँ सुविधा सार्वजनिक

१७ औँ वार्षिकोत्सवको अवसरमा इसेवाले तीन नयाँ प्रयोगकर्ता–केन्द्रित सुविधा सार्वजनिक गरेको छ।

टाकब्याक सुविधा दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ताका लागि ल्याइएको हो, जसले स्क्रिनमा देखिएको सामग्रीलाई आवाजमा रूपान्तरण गर्छ। नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो सुविधा नेपालमा डिजिटल वित्तीय समावेशिता बढाउने उद्देश्यले सुरु गरिएको कम्पनीले जनाएको छ।

इन्टेन्ट–बेस्ड पेमेन्ट प्रणालीमार्फत प्रयोगकर्ताले जहाँ भुक्तानी गर्नुपर्ने हुन्छ, त्यहीँबाटै सिधै भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन्। फिङ्गरप्रिन्ट वा फेस आईडीबाट प्रमाणीकरण हुने भएकाले एमपिन, पासवर्ड वा ओटीपीको झन्झट घट्ने र भुक्तानी प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ।

इसेवा सर्कल च्याट सुविधाबाट प्रयोगकर्ताले साथी थप्ने, समूह बनाउने, बिल बाँडफाँड गर्ने, उपहार पठाउने तथा समूह च्याट गर्ने सुविधा पाउनेछन्। यसले सामाजिक संवाद र वित्तीय लेनदेनलाई एउटै प्लेटफर्ममा सहज बनाउने कम्पनीको विश्वास छ।

इसेवाले प्रयोगकर्ता केन्द्रित नवप्रवर्तनमार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउने र डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...