CG Electronics
IME Life
NIMB

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप: भुवन नगरकोटी शीर्षस्थानमा

NIMB
Himalayan Bank

 

बर्दिबास (महोत्तरी), माघ १३: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन भुवन नगरकोटीले शीर्षस्थानमा रहेका छन्। मङ्गलबार बर्दिबासस्थित पार-७२ मिथिला नगरी आर्मी गल्फ क्लबमा सम्पन्न पहिलो राउन्डमा भुवनले ५-अन्डर ६७ को उत्कृष्ट कार्ड बनाउँदै दुई स्ट्रोकको अग्रता बनाएका छन्।

भुवनकुमार रोक्का ३-अन्डर ६९ सहित दोस्रो स्थानमा रहेका छन्। सुमन राई र धनबहादुर थापा १-अन्डर ७१ सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहे। टंकबहादुर कार्कीले इभन-पार ७२ खेल्दै पाँचौँ स्थानमा पहिलो दिनको ख ल सकाए। एमेच्योर प्रकृत तामाङ तथा प्रो रमेश अधिकारी, निरज तामाङ र दिनेश प्रजापतिले १-ओभर ७३ सहित संयुक्तरुपमा छैटौँ स्थान बाँडे। शिवराम पौडेल, रवि खड्का, सुमन परियार र प्रदीपकुमार लामा २-ओभर ७४ सहित संयुक्तरुपमा दशौँ स्थानमा छन्।

शीर्षस्थानमा रहेका पूर्व नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३४ खेल्दै समग्रमा ५-अन्डर ६७ को स्कोर निकाले। उनले दोस्रो, चौथो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले। यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा उनले ११औँ र १६औँ होलमा बर्डीको सफलता प्राप्त गरे।

भुवनकुमार रोक्काले फ्रन्ट नाइन इभन-पार ३६ र ब्याक नाइन ३-अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र सातौँ होलमा बर्डी प्रहात गरे पनि दोस्रो, पाँचौँ र नवौँ होलमा बोगी खेपे। ब्याक नाइनमा उनले १३औँ, १४औँ र १५औँ होलमा लगातार तीन बर्डी प्रहार गरे।

सुमन राईले फ्रन्ट नाइन २-ओभर ३८ खेले पनि ब्याक नाइनमा ३-अन्डर ३३ को उत्कृष्ट पुनरागमन गरे। उनले पहिलो, पाँचौँ र छैटौँ होलमा बोगी खेपे। आठौँ होलमा एक सट बचाए। बोगी रहित ब्याक नाइन खेलेका उनले ११औँ होलमा बर्डी प्रहार गर्दा १८औँ होलमा ईगलको सफलता प्राप्त गरे।

धनबहादुर थापाले तेस्रो र नवौं होलको बोगीका विरूद्ध चौथौ होलको बर्डीले फ्रन्ट नाइन १-ओभर ३७ खेले।‌ यसपछि १०औँ र १७औँ होलमा एक-एक सट बचाए। ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

एमेच्योरतर्फ युवा गल्फर प्रकृत तामाङले १-ओभर ७३ खेल्दै सुन्दर राईलाई दुई स्ट्रोकलेपछि पारे। सुन्दरले ३-ओभर ७५ खेले। भरत तामाङ ९-ओभर ८१ सहित तेस्रो स्थानमा छन्।

नेपाल पीजीएद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा भएको ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी ३६ खेलाडी सहभागी छन्। दोस्रो राउन्डपछि कट लागु हुनेछ। शीर्ष १८ प्रो तथा एमेच्योर खेलाडीले अन्तिम चरणमा स्थान बनाउनेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष १८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन्।

यसअघि मधेस प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्री बसन्तकुमार कुशवाहाले होल नम्बर ९ मा औपचारिक पट गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा मध्यपूर्वी पृतना कमाण्डर मेजर जनरल कृष्णबहादुर जीसी, चिफ अफ स्टाफ ब्रिगेडियर जनरल शरद लामिछाने, खेलकुद मन्त्रालयका सचिव रञ्जित यादवलगायतको उपस्थिति थियो। मिथिला नगरीमा सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता भएको यो पहिलो पटक हो।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...