CG Electronics
IME Life
NIMB

ज्योति विकास बैंकका ग्राहकलाई ‘राइनो लज एन्ड होटल’ मा २५ प्रतिशतसम्म छुट

NIMB
Himalayan Bank

 

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको सौराहास्थित ‘Rhino Lodge and Hotel’ मा आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअनुसार अब ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण तथा उच्चस्तरीय सेवा सुविधाका कारण उक्त होटल चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बैंकले जनाएको छ।

बैंकले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै समाजप्रति उत्तरदायी भएर काम गर्दै आएको जनाएको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गरिएको बैंकको दाबी छ।

बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम तथा जीवन रक्षा गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २,५९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न योगदान पुर्‍याएको जनाएको छ।

गत आर्थिक वर्षमा बैंकले करबापत ४१ करोड रुपैयाँ योगदान गरेको जानकारी दिएको छ। हाल ज्योति विकास बैंकले उपत्यका तथा उपत्यकाबाहिर ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...