CG Electronics
IME Life
NIMB

गरिमा विकास बैंकको नाफा ८.४६ प्रतिशत बढ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८.४६ प्रतिशतले वृद्धि भएको छ। बैंकको खुद नाफा ५५ करोड ५८ लाख रुपैयाँबाट बढेर ६० करोड ३८ लाख रुपैयाँ पुगेको हो।

त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँबाट सामान्य बढेर १ अर्ब ८८ करोड ४ लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी २३ करोड ८० लाख रुपैयाँबाट बढेर २७ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १० करोड ८९ लाख रुपैयाँबाट बढेर २ अर्ब २३ करोड १३ लाख रुपैयाँ पुगेसँगै सञ्चालन नाफा पनि ७८ करोड ५० लाख रुपैयाँबाट वृद्धि भई ९० करोड ६८ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रुपैयाँबाट वृद्धि भई ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँबाट बढेर २१.१० रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.७२ प्रतिशतबाट सामान्य बढेर ४.७८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५९.५९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.५३ गुणा रहेको छ।

चुक्ता पूँजी ६ अर्ब २ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३० करोड रुपैयाँ र रिजर्भमा ३ अर्ब २८ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरी ९१ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...